अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज पाँच कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।
अपि पावर कम्पनी लिमिटेड, कञ्चन डेभपलमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक , प्रभु बैंक लिमिटेड र लुम्बिनी विकास बैैंकको सेयर मूल्य समायोजन भएको हो ।
कुन कम्पनीको कति ?
अपि पावर कम्पनी लिमिटेड
नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज अपि पावर कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ८ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो ।
बोनस समायोजनपछि कम्पनीको मूल्य नेप्सेले प्रति कित्ता ४३५ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य ४११ रुपैयाँ लिइएको थियो ।
कञ्चन डेभपलमेन्ट बैंक
१२.३३ प्रतिशत बोनस सेयरपछि आज नेप्सेले यस बैंकको सेयर मूल्य समायोजन गरेको छ । बोनस समायोजनपछि कम्पनीको मूल्य प्रति कित्ता २१०रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य २१५ रुपैयाँ लिइएको थियो ।
सप्तकोशी डेभलपमेन्ट बैंक
सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको आज नेप्सेमा सेयर मूल्य समायोजन भएको छ । ४.७८२६० प्रतिशत बोनसपछि सेयर मूल्य समायोजन भएको हो । बोनस समायोजनपछि कम्पनीको मूल्य प्रति कित्ता १४० रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य १६७ रुपैयाँ लिइएको थियो ।
प्रभु बैंक
प्रभु बैंक लिमिटेडको मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले २ सय २५ तोकेको छ । आधरभूत मूल्य ३ सय ३५ रुपैयाँ थियो । कम्पनीको ४० प्रतिशत हकप्रद पछिको मूल्य समायोजन गरेको हो ।
लुम्बिनी विकास बैैंक
लुम्बिनी विकास बैैंकको समायोजन पछिको मूल्य नेप्सेले १ सय ६७ तोकेको छ । आधरभूत मूल्य २ सय ३० रुपैयाँ थियो । कम्पनीको १० प्रतिशत हकप्रद पछिको मूल्य समायोजन गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस