बलेफी हाइड्रोपावरले करिब १८ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । हाइड्रोपावरले आउदो फागुन ५ गतेदेखि १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद सेयर लिलाम प्रक्रिया मार्फत् बिक्री गर्ने भएको हो ।
कम्पनी गत मंसिर २७ गतेदेखि पुस १७ गतेसम्म कम्पनीले चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
अथात् कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर जारी गरेको थियो ।
उक्त अवधिमा बिक्री नभएको संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारण समूहतर्फको लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता गरी कुल १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको सेयर फागुन १९ गतेसम्म बिक्री खुला रहनेछ ।
इच्छुक लगानीकर्ताले आफूले किन्न चाहेको सेयर संख्या र त्यसको मूल्य समेत तोकि बोलपत्र आवेदन बुझाउनु पर्नेछ। यस्तो आवेदन फाराम एनआईएमबि एस क्यापिट लिमिटेडको काठमाडौं कार्यालय सहित पोखरा, बुटवल, वीरगंज र विराटनगरमा रहेको शाखा कार्यालयमा पाइनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस