Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ सर्वसाधारणका लागि खुल्ला, कहिलेदेखि दिने आवेदन ?

अर्थ संसार

बुधबार, ३० माघ २०८१, १२ : २० मा प्रकाशित

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ सर्वसाधारणका लागि खुल्ला,  कहिलेदेखि दिने आवेदन ?

नेपाल माइक्रो इन्सुरेन्स लिमिटेडले सर्वसाधारणका लागि फागुन ११ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ ।  कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेपछि अब सर्वसाधारणमा बिक्री खुला गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गर्नेछ । यसमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ।  आईपीओमा आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ लाख कित्ता माग गर्दै आवेदन दिन सकिनेछ। 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका अंकित दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ ।

त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय सहित मेरो सेयर अनलाई प्रयोग गरी आवेदन दिन सकिनेछ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको