Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ भर्ने आज अन्तिम दिन, हालसम्म कति जनाले भरे ?

अर्थ संसार

विहीबार, १५ फागुन २०८१, १० : ३५ मा प्रकाशित

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ भर्ने आज अन्तिम दिन, हालसम्म कति जनाले भरे ?

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ११ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज फागुन १५ अन्तिम दिन रहेको छ ।

कम्पनीले जारी पुँजी ७५ करोड रुपियाँको ३० प्रतिशतका दरले हुन आउने २२ लाख ५० हजार कित्ता आईपीओ प्रतिकित्ता अंकित मूल्य १०० रुपियाँका दरले बिक्री गर्न अनुमति पाएको थियो । 

सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँबराबरको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो। कम्पनीका कर्मचारीका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५०० कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीले बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँबराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो। सिडिएस एण्ड क्लियरिङका अनुसार हिजो साँझ ५ः७ बजेसम्म १५ लाख ७२ हजार ५८८ जना आवेदकले २ करोड ४० लाख १ हजार ९२० कित्ताका लागि आवेदन दिइसकेका छन् ।  जुन मागभन्दा ११.०५ गुणाले बढी हो । मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।

आवेदकले घटीमा १० कित्ता र बढीमा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको