नेपाल माइक्रो इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
कम्पनीले मार्केटिङ विभाग चितवनका लागि अधिकृतमा १ जना, वरिष्ठ सहायकका लागि इटहरी, बनेपा, वीरगञ्ज र विराटनगरमा १/ १ जना कर्मचारी माग गरेको हो ।
अधिकृतका लागि कम्तीमा स्नातक पास गरी सम्बन्धित काममा २ वर्षको अनुभव भएको र सहायकका लागि कम्तीमा प्लस टू पास गरी सम्बन्धित काममा २ वर्ष अनुभव भएको हुनु पर्नेछ। उमेरको हकमा अधिकृतका लागि २१ वर्ष पूरा भई ४५ ननाघेको र सहायकका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ।
ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस