Like us!
Follow us!
Connect us!
Watch us!

ग्यास व्यवसायीको आन्दोलन स्थगित, जायज माग १५ दिनभित्र पूरा गर्ने सरकारसँग सहमति

अर्थ संसार

बुधबार, ३० माघ २०८१, १६ : ४६ मा प्रकाशित

ग्यास व्यवसायीको आन्दोलन स्थगित, जायज माग १५ दिनभित्र पूरा गर्ने सरकारसँग सहमति

ग्यास व्यवसायी र सरकारबिच सहमति भएको छ । व्यवसायीका जायज माग १५ दिनभित्र पूरा गर्ने सहमति भएको हो ।

बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरकार र व्यवसायीबिच छलफल भएको थियो ।  उक्त सहमतिसँगै व्यवसायीले १५ दिनका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको उद्योगमन्त्री दामोदर भण्डारीको सचिवालयले जनाएको छ । 

बैठकमा उद्योगमन्त्री, नेपाल आयल निगम सञ्चालक समितिका पदाधिकारीहरू, निगमका कर्मचारीहरू र नेपाल एलपी ग्यास उद्योग सङ्घका पदाधिकारीहरू रहेका थिए । छलफलमा सङ्घका मागहरूका सम्बन्धमा सकारात्मक छलफल भएको सचिवालयले जनाएको छ । 

ग्यास व्यवसायीहरू विभिन्न १९ बुँदे माग राख्दै बुधबारदेखि चरणबद्ध आन्दोलनमा थिए । फागुन २२ गतेदेखि ग्यास बिक्री  बन्द गर्ने उनीहरुले घोषणा गरेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको