Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा समृद्धि योजनाको १२ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत

अर्थ संसार

शुक्रबार, ०२ फागुन २०८१, १२ : २८ मा प्रकाशित

गरिमा समृद्धि योजनाको १२ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत

नेप्सेमा गरिमा क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको गरिमा समृद्धि योजना इकाई सूचीकृत भएको छ ।

आज फागुन १ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेड र गरिमा क्यापिटल लिमिटेडबीच प्रतिइकाई मूल्य १० रुपैयाँ कायम भएको क्रम संख्या १ देखि १२,५०,००,००० सम्मका कुल १२,५०,००,००० इकाई सामूहिक लगानी कोष गरिमा समृद्धि योजना सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।

कम्पनीले सर्वसाधारण समक्ष एनआईएमबि एस क्यापिटल लिमिटेड मार्फत् १२,५०,००,००० इकाई धितोपत्र खुल्ला बिक्री गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको