ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आफ्नो पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख मूल्य बराबरको कूल २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने भएको छ ।
प्रतिसेयर मूल्य १०० रुपैयाँका दरले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्नेछ । जसका लागि आज धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम पूरा गर्न एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरी सम्झौता गरेको छ।
उक्त सम्झौता पत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उज्वल ढुंगाना र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाद्वारा हस्ताक्षर गरिएको हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस