एनएमबि क्यापिटलको सामूहिक लगानी कोष ‘एमएबि हाईब्रिड फण्ड एल–२’ को इकाई खरिदका लागि आज फागुन ८ गतेसम्म मात्र आवेदन दिन सकिने छ ।
यस योजनाका इकाइहरु गत माघ २४ गतेबाट बिक्री खुला गरिएको थियो। यसमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिनेछ।
यो योजनाका कुल १ अर्ब २० करोड रुपैयाँबराबरको इकाइहरु बिक्री खुला गरेको छ। जसअनुसार १० अंकितदरका कुल १२ करोड इकाइको सार्वजनिक निष्कासन गरिएको छ।
कुल इकाइमध्ये १४ प्रतिशतले हुने १ करोड ६८ लाख इकाइ कोष प्रवद्र्धक एनएमबि बैंकलाई तथा १ प्रतिशतले हुने १२ लाख इकाइ योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ। बाँकी १० करोड २० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।
लगानीकर्ताले यस म्युचुअल फन्डमा न्यूनतम १०० कित्ता र अधिकतम १ करोड २० लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछ।
उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ मार्फत अनलाइन आवेदन दिन सकिने छ ।
यो बन्दमुखी योजनालाई नेपाल धितोपत्र बोर्डले गत पुस २ गते निष्कासन अनुमति दिएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस