Like us!
Follow us!
Connect us!
Watch us!

नाम परिवर्तनकै कारण बिरा ९१ लाई ८० करोडको झट्का! के भयो यस्तो?

अर्थ संसार

शुक्रबार, ०९ फागुन २०८१, ०७ : ०० मा प्रकाशित

नाम परिवर्तनकै कारण बिरा ९१ लाई ८० करोडको झट्का! के भयो यस्तो?

भारतको लोकप्रिय क्राफ्ट बियर ब्रान्ड बिरा ९१ ले आफ्नो नाम परिवर्तन गर्दा ठुलो आर्थिक झट्का व्यहोर्नु परेको छ। कम्पनीले B9 Beverages Private Ltd बाट B9 Beverages Ltd मा नाम परिवर्तन गरेपछि, नयाँ उत्पादन लेबल दर्ता गर्नुपर्ने नियमका कारण कम्पनीले करिब 80 करोड भारु बराबरको स्टक फाल्नुपर्‍यो। यो नाम परिवर्तन कम्पनीका लागि यति महँगो साबित भयो कि केही महिनासम्म यसको बिक्री नै रोकियो

नाम परिवर्तन किन गरियो?

बिरा ९१ को अभिभावक कम्पनी B9 Beverages ले २०२६ मा प्रारम्भिक सार्वजनिक प्रस्ताव (IPO) ल्याउने तयारी गरिरहेको छ। तर, माइक्रोब्रुअरी, क्राफ्ट बियर कम्पनीहरू, र विश्वव्यापी ब्रुअरहरूको बढ्दो प्रतिस्पर्धाले कम्पनीलाई थप दबाबमा पारेको थियो। यसैले, कम्पनीले IPO अघि नाम परिमार्जन गर्ने निर्णय गर्‍यो, जुन अन्ततः विपरीत असर पार्ने निर्णय साबित भयो।

बिक्रीमा २२% गिरावट, घाटा ६८ % ले बढ्यो!

नाम परिवर्तनको झमेलाले कम्पनीको बिक्री २२ % ले घट्यो भने २०२३ - २४ मा घाटा 68% ले बढ्यो। आर्थिक वर्ष २०२३ - २४ मा बिरा ९१ ले ₹748 करोडको शुद्ध घाटा व्यहोर्नु पर्यो, जुन यसको कुल बिक्री भारु 638 करोडभन्दा पनि बढी थियो।

के भयो यस्तो?

कम्पनीका संस्थापक अंकुर जैन का अनुसार,
"नाम परिवर्तनका कारण 4-6 महिनासम्म हामीले लेबल दर्ता र राज्यहरूमा पुनः आवेदन दिनुपर्ने बाध्यता आयो। यसले गर्दा, माग हुँदाहुँदै पनि केही महिनासम्म बिक्री हुन सकेन।"

बिरा 91 ले सुरुवातमा बेल्जियमबाट हेफेवेइजेन-शैलीको बियर आयात गरेर आफ्नो यात्रा थालेको थियो। तर, लागत घटाउनकै लागि भारतमै उत्पादन गर्न थालेपछि यसले आधा दर्जनभन्दा बढी तेस्रो-पक्ष ब्रुअरीहरूसँग साझेदारी गरेको थियो।

बियर उद्योगले २०२३ मा भारतको GDP मा भारु ९२,३२४ करोड योगदान गर्‍यो

भारतको बियर बजार तीव्र गतिमा वृद्धि भइरहेको छ। 2023 मा मात्र बियर उद्योगले भारतको कुल गार्हस्थ्य उत्पादन (GDP) मा ९२३२४ भारु  करोड योगदान पुर्‍याएको थियो।

अब बिरा ९१ का लागि अगाडि के होला?

बियर निर्माताहरूको संघ (Brewers Association of India) का महानिर्देशक विनोद गिरी भन्छन्,
"नयाँ स्वादको आकर्षण यसको विशिष्टतामा नै हुन्छ। कम्पनीहरूले आफ्ना बियरलाई मुख्यधारमा लैजान हतार गरे भने, उपभोक्ताहरूको मनमा यसको मौलिकता नै हराउनेछ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको