स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । बैंकको ३९ औँ वार्षिक साधारणसभा मंसिर २९ गतेका लागि बोलाउने निर्णय गरेको हो ।
उक्त सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्ने छ । सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ ।
बैंकले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त लाभांश प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १६ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस