ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले माघ २१ देखि फागनु ५ गतेसम्म बिक्री खुला गरेको पहिलो चरणको आईपीओ हिजो फागुन ११ गते बाँडफाँड गरेको छ।
बिक्री अवधिभर जम्मा ४८ हजार ३१२ जनाले रितपूर्वक आवेदन दिएकोमा सोमध्येबाट १८ हजार जनालाई १०–१० कित्ताका दरले आईपीओ बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।
ओम मेगाश्रीले नेपाल धितोपत्र बोर्डबाट कुल १८ लाख कित्ता प्राथमिक सेयर निष्कासनको अनुमति पाएको थियो । जसको १० प्रतिशत अर्थात १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री खुला गरेको थियो । त्यस्तै ९० हजार कित्ता सामूहिक लगानी कोष र ५४ हजार कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरी बाँकी रहेको सबै सेयर अब दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्नेछ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस