Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्योरेन्सको २० औं वार्षिक साधारणसभा भोलि ,कहाँ र कति बजे बस्दै ?

अर्थ संसार

सोमबार, १२ फागुन २०८१, ११ : ४६ मा प्रकाशित

शिखर इन्स्योरेन्सको २० औं वार्षिक साधारणसभा भोलि ,कहाँ र कति बजे बस्दै ?

शिखर इन्स्योरेन्स कम्पनीले  भोलि अर्थात फागुन १३ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। गत आर्थिक वर्षको लाभांश प्रस्ताव पारित गर्न कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेको हो ।

कम्पनीले आफ्नो केन्द्रिय कार्यालय, शिखर विज सेन्टर, थापाथली, काठमाडौंमा २० औं वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।  यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालन समितिलाई अख्तियारी दिने, रजिष्टर्ड कार्यालय रहेको ठेगाना परिवर्तन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले माघ ३० गते बुकक्लोज गरेको थियो । यस अनुसार माघ २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको