Like us!
Follow us!
Connect us!
Watch us!

कालिञ्चोक दर्शनको हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट

अर्थ संसार

सोमबार, १२ फागुन २०८१, १२ : १३ मा प्रकाशित

कालिञ्चोक दर्शनको हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट

कालिञ्चोक दर्शन लिमिटेडको हकप्रद सेयर निष्काशन तथा विक्रीका लागि नेपाल एसबीआई मर्चेण्ट बैकिङ लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

कालिञ्चोक दर्शनले १ः१ को अनुपातमा साबिकका सेयरधनीलाई प्रति सेयर १००।– दरको ६०,००,००० कित्ता बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । यसका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

कालिञ्चोक दर्शन लिमिटेडको रजिष्टर्ड कार्यालय पिंगलास्थान, गौशाला, काठमाडौंमा आज आयोजित एक समारोहबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल कालिञ्चोक दर्शन लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बालकृष्ण शिवाकोटीले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कालिञ्चोक दर्शन लिमिटेडले कालिञ्चोक गाँउपालिका,वडा नं. १, कुरी दोलखामा केबुलकार सञ्चालन गरिरहेको छ । नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको