Like us!
Follow us!
Connect us!
Watch us!

दुई जनाविरुद्ध राजस्व अनुसन्धान विभागले चलायो मुद्दा, ५ करोड २१ लाख बिगो र जरिवाना

अर्थ संसार

बुधबार, १४ फागुन २०८१, १२ : ०४ मा प्रकाशित

दुई जनाविरुद्ध राजस्व अनुसन्धान विभागले चलायो मुद्दा, ५ करोड २१ लाख बिगो र जरिवाना

राजस्व अनुसन्धान विभागले स्वदेशमा उत्पादन नहुने विदेशी मदिराको ‘प्याकेजिङ’ सामग्री भन्सार छली नेपाल भित्र्याउने दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ।

बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयले भारतबाट मदिराका ढक्कन र सिसीमा प्रयोग हुने सामग्रीहरू भन्सार छली नेपाल भित्र्याउने समूहसँग संलग्न दुई जनाविरुद्ध ५ करोड २१ लाख बिगो र जरिवानासहित मङ्गलबार मुद्दा दायर गरेको हो।

राजस्व अनुसन्धान कार्यालयका अनुसार, शशाङ्क खनाल र रमेश गौतम नामका दुई व्यक्तिले मदिराका ढक्कन र अन्य सामग्री चोरीपैठारी गरी नेपाल भित्र्याएका थिए। खनाल र गौतमका विरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दायर गरिएको छ।

उक्त मुद्दामा खनालले चोरीपैठारी गरेर भन्सार महसुल, मूल्य अभिवृद्धि कर, र अन्तःशुल्कमा राजस्व चुहावट गरेको पुष्टि भएको छ।  उनीहरूसँग  १ करोड ३० लाख २७ हजार २९० बिगो र बिगोको शतप्रतिशत रकम जरिवानासहित ५ करोड २१ लाख ९ हजार १६० तोकिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको