साल्ट ट्रडेडिङ कर्पोरेशन लिमिटेडले वार्षिक साधाराण सभा बोलाएको छ ।
कम्पनी सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको ५८ औं वार्षिक साधारणसभा चैत १५ गते बोलाएको हो। सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरिने छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।
सभाले कम्पनी ऐन, २०६३ को दफा १०५ (१)को खण्ड (ख)बमोजिम ऋण सुविधा लिने स्वीकृतउपर छलफल गरी पारित गर्नेछ। सभाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बाढीपीडितका लागि जम्मा गरेको राहात रकम अनुमोदन गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत १ गतेदेखि चैत १२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस