सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३० प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा पठाउन थालिएको छ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको फागुन १५ गतेको साधारणसभाले पारित गरेको ३० प्रतिशत नगद लाभांश सोही दिनदेखि सेयरधनीको बैंक खातामा पठाउन थालिएको थियो।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन २ गते बुक क्लोज गरेको थियो। बुक क्लोजका आधारमा फागुन १ गतेसम्म कायम सेयरधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्नेछन्। साथै डिम्याट खातामा बैंक खाता अद्यावधिक नभएको भए यथाशीघ्र गर्न आग्रह समेत गरेको छ। सेयर धितो राखेर कर्जा लिएका सेयरधनीले कर्जा लिएको बैंक तथा वित्तीय संस्थाबाट एनओसी वा फुकुवा पत्र पेश गरेपछि मात्रै नगद लाभांश पठाइने जनाएको छ।
कम्पनीको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस