सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो आठौँ वार्षिक साधारण सभा आगामी चैत १५ गते गर्ने निर्णय गरेको छ। सो सभा अम्रपालि ब्याङ्क्वेट, भाटभटेनी, नक्सालमा बिहान ११ बजे बस्नेछ। कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो।
सभामा अध्यक्षको मन्तव्य सहित सञ्चालक समितिको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०/८१) उपर छलफल गरी पारित गरिनेछ। साथै, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा-नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी अनुमोदन गरिनेछ।
कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ। लेखापरीक्षण समितिबाट सिफारिस भई आएको अनुसार वर्तमान लेखापरीक्षक एसएआर एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स, पुनः नियुक्तिका लागि योग्य रहनेछन्।
कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट २८.४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ, जसमा—
साधारण सभाले सो प्रस्ताव अनुमोदन गर्नेछ।
बोनस शेयर जारी भएपछि कम्पनीको चुक्ता पूँजी रु ५ अर्ब पुग्नेछ। सोही अनुरूप कम्पनीको प्रबन्धपत्रको दफा ६(ग) मा भएको चुक्ता पूँजी सम्बन्धी व्यवस्था संशोधन गर्ने प्रस्ताव पनि पारित गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २८ गते एक दिनका लागि बुक क्लोज गरिनेछ। तसर्थ, फागुन २७ गतेसम्म कायम शेयरधनीहरू सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस