नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलरको खरिददर १३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ।
मुख्य विनिमय दरहरू यसप्रकार छन्:
युरो (€) – खरिददर १४६.५५ | बिक्रीदर १४७.१८
पाउन्ड (£) – खरिददर १७७.१९ | बिक्रीदर १७७.९५
स्विस फ्र्याङ्क (CHF) – खरिददर १५६.३९ | बिक्रीदर १५७.०७
अष्ट्रेलियन डलर (AUD) – खरिददर ८६.७३ | बिक्रीदर ८७.११
क्यानेडियन डलर (CAD) – खरिददर ९६.५६ | बिक्रीदर ९६.९८
जापानी येन (¥) – १० येनको खरिददर ९.३७ | बिक्रीदर ९.४१
चिनियाँ युआन (¥) – खरिददर १९.१६ | बिक्रीदर १९.२५
भारतीय रुपैयाँ (₹) – १०० को खरिददर १६० | बिक्रीदर १६०.१५
अन्य विदेशी मुद्राहरूको विनिमय दर पनि परिवर्तन गरिएको छ। केन्द्रीय बैंकले आवश्यक परेमा यो दर जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले आ-आफ्नै विनिमय दर तोक्न सक्ने भएकाले अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस