दिगो लगानीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ एनएमबि बैंकले नेपालमै पहिलो पटक अमेरिकी डलर ६ करोड (झण्डै ८ अर्ब नेपाली रुपैयाँ) बराबरको नेपाली रुपैयाँ अंकित हरित वण्ड (Green Bond) जारी गर्ने तयारी गरेको छ।
यसका लागि बैंकले अन्तर्राष्ट्रिय निकायहरु — IFC (International Finance Corporation), BII (British International Investment) र MetLife सँग साझेदारीमा समझदारीपत्रमा हस्ताक्षर गरेको छ।
उक्त हरित वण्डबाट उठ्ने रकम सौर्य उर्जा, बायोमास, विद्युतीय सवारी साधन, हरित भवनजस्ता नवीकरणीय उर्जा परियोजनामा लगानी गरिनेछ। बैंकको दाबी अनुसार यसले जलवायु परियोजनामा संलग्न उद्यमहरूलाई वित्तीय पहुँच सहज गराउनेछ भने देशको ऊर्जा क्षेत्रको विकासमा समेत योगदान पुर्याउनेछ।
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा बोल्दै बैंकका संचालक समितिका अध्यक्ष मनोज कुमार गोयलले यो पहलले नवीकरणीय उर्जा क्षेत्रमा “पारिवर्तनकारी फड्को” मार्ने विश्वास व्यक्त गर्नुभयो। साथै, विदेशी पूँजी भित्र्याएर जलवायु क्षेत्रमा लगानी गर्न सकिने भएकाले पर्यावरणीय प्रभाव न्यूनीकरणमा पनि यसले महत्वपूर्ण सहयोग पुर्याउने उहाँको भनाइ थियो।
एनएमबि बैंकले यस किसिमको हरित वण्ड नेपालमा पहिलो पटक ल्याउँदैछ, जसले दिगो विकास र रोजगारी सिर्जनामा समेत योगदान दिने अपेक्षा गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस