Like us!
Follow us!
Connect us!
Watch us!

बोनस सेयर बापतको कर जम्मा गर्न सेयरधनीलाई सानिमा रिलायन्सको आग्रह

अर्थ संसार

बुधबार, २१ फागुन २०८१, १० : ४१ मा प्रकाशित

बोनस सेयर बापतको कर जम्मा गर्न सेयरधनीलाई सानिमा रिलायन्सको आग्रह

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को १८.३८११ प्रतिशत बोनस सेयरको करबापतको रकम जम्मा गर्न सम्बन्धित सेयरधनीहरुलाई आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गरी बोनस सेयरको करबापतको ५ प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको हो। कम्पनीको गत असोज २३ गते सम्पन्न सातौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/८०को मुनाफाबाट कायम चुक्तापुँजीको १८.३८११ प्रतिशत बोनस सेयर अनुमोदन गरेको थियो।  करबापतको रकम जम्मा गरेपछि बोनस सेयर सेयरधनीहरुको खातामा पठाइने कम्पनीले जनाएको छ।

 

67c7dac72b3cb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको