क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आजदेखि आफ्ना साधारण लगानीकर्ताहरूका लागि आईपीओ निष्कासन खुला गरेको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री गरिसकेको थियो। अब सर्वसाधारणले पनि उक्त आईपीओमा आवेदन दिन सक्नेछन्।
कति कित्ता सेयर बिक्री खुला भयो?
कम्पनीले जम्मा २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरिरहेको छ।
- वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख २५ हजार कित्ता
- सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५ सय कित्ता
- कर्मचारीहरूका लागि ६७ हजार ५ सय कित्ता
- आम सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता
आईपीओमा आवेदन कसरी दिने?
- न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता सेयर खरिद गर्न सकिने।
- नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू वा तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिन्छ।
- मेरो सेयर प्रणालीमार्फत पनि अनलाइन आवेदन दिन सकिने।
आईपीओ आवेदनको समय सीमा
- आवेदन छिटोमा फागुन २६ गते बन्द हुन सक्छ।
- यदि सबै सेयर बिक्री नभए ढिलोमा चैत ७ गते सम्म खुला रहनेछ।
कम्पनीको रेटिङ कस्तो छ?
- केयर रेटिङ नेपाल ले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई ‘इक्रा एनपी आईआर डबल बी’ रेटिङ प्रदान गरेको छ।
- यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतालाई मध्यम रूपमा सुरक्षित रहेको जनाउँछ।
आईपीओ बिक्री प्रबन्धक
- कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस