Like us!
Follow us!
Connect us!
Watch us!

पहिलो दिनमै ४ लाख ६५ हजारले भरे क्रेष्ट माइक्रो लाइफको आइपीओ

अर्थ संसार

विहीबार, २२ फागुन २०८१, १९ : ०३ मा प्रकाशित

पहिलो दिनमै  ४ लाख ६५ हजारले भरे क्रेष्ट माइक्रो लाइफको आइपीओ

आजबाट बिक्रीमा आएको क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओमा पहिलो दिनमै ३.१७ गुणाले ओभरसब्सक्राइब्ड भएको छ । 

 सीडीएसीका अनुसार आज साझ ५ बजेसम्ममा यस आइपीओमा ४ लाख ६५ हजार ४८८ जना आवेदकले ५८ लाख ५८ हजार ६१० कित्ताका लागि आवेदन दिनएका हुन् ।

क्रेष्ट माइक्रोले सर्वसाधारणका लागि आज बिहीबार गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ । 

त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेर सर्वसाधारणका लागि बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरिएको हो । यसमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । 

यो आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ । यसमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको