सिद्धार्थ केवलकार लिमिटेडले आगामी चैत १९ गते वार्षिक साधारण सभा (AGM) आयोजना गर्ने निर्णय गरेको छ। फागुन २२ गते सम्पन्न सञ्चालक समितिको बैठकले रुपन्देहीको द फ्लामिङ्गो होटलमा दिउँसो १ बजे सभा आयोजना गर्ने तय गरेको हो।
सभामा कम्पनीको पूँजी वृद्धि, सेयर संरचना परिवर्तन, हकप्रद सेयर जारी गर्ने लगायतका महत्त्वपूर्ण प्रस्तावहरू पारित गरिने छन्।
पूँजी वृद्धि र हकप्रद सेयर निष्कासन प्रस्ताव
कम्पनीले अधिकृत पूँजी, जारी पूँजी, र चुक्ता पूँजी वृद्धि गर्दै प्रबन्ध पत्रका विभिन्न नियमहरू संसोधन गर्ने प्रस्ताव अघि सारेको छ।
- सेयरधनीलाई १ बराबर १.७५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय प्रस्तावित छ।
- यसका साथै, कम्पनीले १२७५ करोड रुपैयाँ चुक्ता पूँजीको आधारमा सेयर लागत निर्धारण गर्नेछ।
बैंक ऋण र नयाँ लगानी मुलक कम्पनी स्थापना
- कम्पनीले चुक्ता पूँजी भन्दा बढी धितो राखी वा नराखी बैंक ऋण लिने अधिकार पाउने प्रस्ताव पेश गर्नेछ।
- १५० करोड रुपैयाँ चुक्ता पूँजी रहने गरी नयाँ लगानी मुलक कम्पनी स्थापना गर्ने प्रस्ताव समेत पारित गरिनेछ।
सम्झौताहरूलाई नियमावलीमा समावेश गर्ने प्रस्ताव
सिद्धार्थ केवलकारले प्रभु केवलकार एण्ड टुरिजम, प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेन्ट, प्रभु होल्डिङ्गस एण्ड हाइड्रो डेभलपमेण्ट कम्पनी, र हाइड्रो होल्डिङ्गस एण्ड पावर डेभलपमेण्ट कम्पनीसँग गरेको सम्झौताहरूलाई कम्पनीको नियमावलीको नियम ५० मा समावेश गर्दै कार्यान्वयन गर्नेछ।
वित्तीय विवरण र लेखापरीक्षकको नियुक्ति
- सभामा २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरिनेछ।
- चालु आर्थिक वर्षका लागि नयाँ लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस