Like us!
Follow us!
Connect us!
Watch us!

वाटर इनर्जी सोलुसनले आईपीओ ल्याउने, चैतमा बोलायो साधारण सभा

अर्थ संसार

शुक्रबार, २३ फागुन २०८१, १० : ४६ मा प्रकाशित

वाटर इनर्जी सोलुसनले आईपीओ ल्याउने, चैतमा बोलायो साधारण सभा

वाटर सोलुसन लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । 

आईपीओ निष्कासन गर्न लागेको कम्पनीले आगामी चैत १५ गते सातौं वार्षिक साधारणसभा बोलाएको छ। सभा भक्तपुरको कौशलटारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले पारित गरेपछि आईपीओ निष्कासन प्रकृया सुरु हुनेछ ।

सभाले आईपीओ निष्कासन गर्ने, कम्पनीको पूँजी घटाउने, सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारितका लागि पेश गर्नेछ।

साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिको गठन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको