जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा बुटवल उपमहानगरपालिका-९, कालिकापथस्थित होटल न्यू ईरामा सम्पन्न भएको छ। सभाको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष डा. मान बहादुर वीकेले गरेका थिए।
संस्थाका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार रायले स्वागत मन्तव्य दिँदै लघुवित्तको विकास र ग्राहक केन्द्रित सेवाको महत्वलाई जोड दिए। सभामा अध्यक्ष वीकेले संस्था २०२३–२०२८ रणनीतिक योजना अनुरूप सदस्य केन्द्रित कार्यक्रमहरू निर्माण गर्दै आएको जानकारी गराए।
सभामा पूर्वअध्यक्ष तथा संस्थापक बाबुराम विश्वकर्मा, संस्थापक माधव प्रसाद नेपाल, संस्थापक रेवन्त बहादुर विश्वकर्मा, संस्थापक संस्था जनउत्थान प्रतिष्ठानका प्रतिनिधि रण बहादुर रम्तेल, र सर्वसाधारण सेयरधनी पशुपति पाठकले शुभकामना मन्तव्य व्यक्त गरे।
सभाले २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण, र इक्विटीमा भएका परिवर्तनहरू उपर छलफल गरी स्वीकृत गरेको छ। साथै, २०८१/८२ का लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ।
विशेष प्रस्तावस्वरूप, भविष्यमा अन्य लघुवित्तलाई गाभ्ने, गाभिने वा प्राप्ति प्रक्रियाका लागि सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय पनि गरिएको छ। साथै, नियमनकारी निकायको निर्देशन अनुसार प्रबन्धपत्र संसोधन, थपघट गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस