नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तरलता संकलन गर्न आइतबार निक्षेप संकलन बोलकबोल आह्वान गरेको छ। बैंकहरूसँग २१ दिनको अवधिका लागि निक्षेप संकलन गर्न राष्ट्र बैंकले प्रस्ताव माग गरेको हो।
निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुने केन्द्रिय बैंकले जनाएको छ ।
निक्षेप संकलन उपकरणमा लगानी गर्न आइतबार दिउसो ३ बजेसम्म अनलाइनबाट आवेदश पेश गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।साँवा र ब्याज भुक्तानी मिति चैत्र १७ गते निर्धारण भएको छ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि राष्ट्र बैंकले चालु आर्थिक वर्षको सुरुवातबाट नै तरलता प्रशोचन गर्दै आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस