Like us!
Follow us!
Connect us!
Watch us!

चिरख्वा हाइड्रोपावरले बोलायो साधारणसभा,बुक क्लोज कहिले ?

अर्थ संसार

आइतबार, २५ फागुन २०८१, ११ : ५८ मा प्रकाशित

चिरख्वा हाइड्रोपावरले बोलायो साधारणसभा,बुक क्लोज कहिले ?

चिरख्वा हाइड्रोपावर लिमिटेडले आगामी चैत १० गते छैठौं साधारणसभा बोलाएको छ।  सभा, कुण्डलिनी रोयल्स, जोरपाटीमा बिहान ९ बजे बस्नेछ ।

कम्पनीले सेयरधनीलाई वितरण गर्न लाभांश प्रस्ताव समावेश गरेको छैन ।  सभामा गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने र ५ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव सभामा पेश हुनेछ।

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकबाट लिएको कर्जा अनुमोदन गर्ने र आयोजना पहिचान गरी उपयुक्त आयोजनामा लगानी गर्ने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ । 

सभा प्रयोजनार्थ कम्पनीले चैत १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा चैत ११ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको