Like us!
Follow us!
Connect us!
Watch us!

विदेशी मुद्रा सञ्चिति २३ खर्ब ६९ अर्ब, १७.२ महिनाको आयात धान्न पुग्ने

अर्थ संसार

सोमबार, २६ फागुन २०८१, १८ : १४ मा प्रकाशित

विदेशी मुद्रा सञ्चिति २३ खर्ब ६९ अर्ब, १७.२ महिनाको आयात धान्न पुग्ने

माघ मसान्तसम्म मुलुकको  विदेशी मुद्रा सञ्चिति रकम २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ बराबर पुगेको छ । सञ्चित भएको यो विदेशी मुद्रा हालसम्मकै उच्च हो । सात महिनामा विदेशी मुद्रा सञ्चिति १६.१ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा भने सोही अवधिमा मुद्रा सञ्चिति ११.७ प्रतिशत बढेर १७ अर्ब ५ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग २१ खर्ब ५ अर्ब १४ करोड रुपैयाँ बराबरको छ भने अन्य बैंक तथा वित्तीय संस्थासँग २ खर्ब ६३ अर्ब ९३ करोड रुपैयाँ बराबर छ । जसमा भारतीय मुद्रा सञ्चिति सबैभन्दा धेरै २२ प्रतिशत छ ।

चालु आवको सात महिनाको आयातलाई आधार मान्दा हालको सञ्चितिले १७.२ महिनाको वस्तु र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको