Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक सञ्जालका इन्फ्लुएन्सरबाट प्रभावित भई वित्तीय कारोबार गर्दा सचेत रहन केन्द्रीय बैंकको आग्रह

अर्थ संसार

मंगलबार, ०५ चैत्र २०८१, १२ : ४१ मा प्रकाशित

सामाजिक सञ्जालका इन्फ्लुएन्सरबाट प्रभावित भई वित्तीय कारोबार गर्दा सचेत रहन केन्द्रीय बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालका प्रभावशाली व्यक्तित्व (इन्फ्लुएन्सरबाट) प्रभावित भई वित्तीय कारोबार गर्दा हुन सक्ने आर्थिक नोक्सानीतर्फ सचेत रहन आग्रह गरेको छ ।

केन्द्रीय बैंकले हाल चलिरहेको ‘ग्लोबल मनी वीक २०२५’ अन्तर्गत वित्तीय चेतना दिने उदेश्यले सामाजिक सञ्जालका इन्फ्लुएन्सरबाट हुने आर्थिक निर्णयका जोखिमबारे सतर्क रहन आग्रह गरेको हो ।

बैंकले २०२५ को ग्लोबल मनी वीकको नारा ‘थिङ्क बिफोर फलो, वाइज मनी टुमरो’ सहित सचेतनामूलक सन्देश जारी गर्दै सामाजिक सञ्जालमा चर्चित इन्फ्लुएन्सरहरू सधैँ विशेषज्ञ नहुने र गलत सूचनाबाट आर्थिक क्षति हुनसक्ने भन्दै सचेत गराएकाे छ ।साथै, केन्द्रीय बैंकले नागरिकलाई आर्थिक निर्णय लिँदा कुनै पनि जानकारीको स्रोतलाई सूक्ष्म अध्ययन गर्न र सही सल्लाह लिने सुझाव दिएको छ। हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो तेह्रौँ संस्करण हो ।

चैत ४ गतेदेखि चैत १० गतेसम्म मनाइने यो कार्यक्रम आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष विश्वभर मनाइँदै आएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको