Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकलाई तरलता व्यवस्थापन गर्नै सकस- ७ महिनामा १४८ खर्ब ६१ अर्ब प्रशोचन

अर्थ संसार

बुधबार, ०६ चैत्र २०८१, ११ : ४७ मा प्रकाशित

राष्ट्र बैंकलाई तरलता व्यवस्थापन गर्नै सकस- ७ महिनामा १४८ खर्ब ६१ अर्ब प्रशोचन

वित्तीय प्रणालीमा रकम थुप्रिँदै गएपछि राष्ट्र बैंकलाई नै तरलता व्यवस्थापन गर्न सकस भएको छ। राष्ट्र बैंकले बैंकहरूको प्रणालीबाट तरलता खिचिरहे पनि अधिक तरलताको अवस्था यथावत नै छ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिना अर्थात् साउनदेखि माघसम्मको अवधिमा मात्रै राष्ट्र बैंकले १४८ खर्ब ६१ अर्ब ५५ करोड रुपैयाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको छ।

यो  अवधिमा केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोलमार्फत १८ खर्ब ०९ अर्ब ५५ करोड रुपैयाँ र स्थायी निक्षेप सुविधामार्फत १३० खर्ब ५२ अर्ब गरी कुल १४८ खर्ब ६१ अर्ब ५५ करोड रुपैयाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको हो। २ अर्ब ७० करोड रुपैयाँ ओभरनाइट तरलता सुविधा उपयोग भएको उल्लेख गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरुमार्फत पटक–पटक गरी खुद २७ अर्ब ९४ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको थियो। समीक्षा अवधिमा केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर २ अर्ब ८७ करोड खुद खरिद गरी ३ खर्ब ८७ अर्ब ५६ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३ अर्ब १९ करोड रुपैयाँ खुद खरिद गरी ४ खर्ब २४ अर्ब रुपैयाँ तरलता प्रवाह गरेको थियो।

माघसम्मको अवधिमा अमेरिकी डलर २ अर्ब २४ करोड रुपैयाँ बिक्री गरी ३ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको छ। अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २ अर्ब १६ करोड रुपैयाँ बिक्री गरी २ खर्ब ८७ अर्ब २५ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो।

आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा वाणिज्य बैंकहरुको ९ खर्ब ३७ अर्ब ८१ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को १ खर्ब २ अर्ब २० करोड रुपैयाँ गरी कुल १० खर्ब ४० अर्ब १ करोड रुपैयाँ अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको २५ खर्ब ९६ अर्ब १८ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरुको २ खर्ब ७६ अर्ब २६ करोड रुपैयाँ गरी कुल २८ खर्ब ७२ अर्ब ४४ करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको थियो।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको