Like us!
Follow us!
Connect us!
Watch us!

जेलन्सकीसँग ट्रम्पले भने, ‘युक्रेनले पावर प्लान्टको नियन्त्रण अमेरिकालाई दिनुपर्छ’

अर्थ संसार

विहीबार, ०७ चैत्र २०८१, ०८ : २६ मा प्रकाशित

जेलन्सकीसँग ट्रम्पले भने, ‘युक्रेनले पावर प्लान्टको नियन्त्रण अमेरिकालाई दिनुपर्छ’

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग युक्रेन युद्धबारे बुधबार एक घण्टा कुराकानी गरेका छन् । जसको विवरण बाहिर आएको छ ।

यसअघि ट्रम्पले भनेका थिए, ‘हामी सही बाटोमा छौं। हाम्रो अधिकांश कुराकानी हिजो पुटिनसँग भएको कुराको वरिपरि घुमेको थियो, विदेश सचिव मार्को रुबियो र एनएसए माइकल वाल्ट्जले यस कुराकानीको विवरण दिनेछन्।’

यसपछि अमेरिकी विदेशमन्त्री र एनएसएले एक विज्ञप्ति जारी गर्दै ह्वाइट हाउसले युक्रेनको पावर प्लान्टको सुरक्षाका लागि अमेरिकालाई नियन्त्रण दिन सुझाव दिएको बताए ।
उही समयमा, जेलेन्स्कीले एक्समा मा लेखेका छन्, ‘मैले युद्ध समाप्त गर्ने पहिलो कदमको रूपमा ऊर्जा र अन्य पूर्वाधारमा आक्रमण नगर्ने प्रस्तावको समर्थन गरें। त्यसलाई कार्यान्वयन गर्न हामी तयार छौं ।’

आफ्नो टोलीलाई आंशिक युद्धविराम कार्यान्वयन गर्न र अन्य प्राविधिक समस्या समाधान गर्न निर्देशन दिएको उनले जनाए ।  युक्रेन र अमेरिका समन्वय कायम गर्न साउदी अरेबियामा भेट्न तयारसमेत भएका छन् ।

सो अघि जेलेन्स्कीले रुस र युक्रेनबीच १७५ कैदीको आदानप्रदान भएको बताएका थिए । यसबाहेक रुसले गम्भीर घाइते २२ युक्रेनी सैनिकलाई पनि रिहा गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको