Like us!
Follow us!
Connect us!
Watch us!

दैनिक जीवनयापनसँगै मुलुकको समृद्धिका लागि पानीको महत्व बढेको छ - ऊर्जामन्त्री खड्का

अर्थ संसार

आइतबार, १० चैत्र २०८१, ११ : ०८ मा प्रकाशित

दैनिक जीवनयापनसँगै मुलुकको समृद्धिका लागि पानीको महत्व बढेको छ - ऊर्जामन्त्री खड्का

ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दैनिक जीवनयापनसँगै मुलुकको आर्थिक समृद्धिका लागि पानीको महत्व बढेको बताएका छन् । 

जल तथा ऊर्जा आयोगको सचिवालयको आयोजना तथा राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घको सहकार्यमा आजदेखि सुरु भएको ‘प्रथम राष्ट्रिय पानी सम्मेलन–२०८१’को यहाँ उद्घाटन गर्दै उनले पानीको महत्व थप बढ्दै गएको बताए । 

'पानी उपभोगका लागि मात्रै होइन मुलुकको आर्थिक समृद्धिका लागि पानीको महत्वपूर्ण छ । यसर्थ पानीका स्रोतको उचित सदुपयोग गरेर रोजगारी सिर्जना गर्दै समृद्ध मुलुक निर्माणलाई सरकारले प्राथमिकतामा राखेरका काम गरिरहेको छ', उनले भने, 'सरकारले पानीको संरक्षणसँगै पानीबाट सिर्जित चुनौतीको व्यवस्थापनलाई सँगसँगै अगाडि बढाइरहेको छ ।'

वातावरण संरक्षण र उपयोग गर्न सबै आआफ्नो ठाउँबाट लाग्नुपर्ने बताउँदै मन्त्री खड्काले गाउँमा भएका पोखरीको संरक्षण गर्नसके स्थानीय तहमा देखिको पानीको समस्या समाधानमा टेवा पुग्ने धारणा राखे । मन्त्री खड्काले नेपालको संविधानले सङ्घ, प्रदेश, स्थानीय गरी तीन वटै तहलाई जलस्रोतको समूचित प्रयोग र संरक्षणको जिम्मेवार दिएकाले सोहीअनुसार भूमिका खेल्न आग्रह गरे । राष्ट्रिय जलस्रोत नीति–२०७७ ले देशमा उपलब्ध जलस्रोतको संरक्षण, प्रवर्द्धन र बहुउपयोगी विकास  तथा दिगो रूपमा उपयोग गरी आर्थिक समृद्धि र सामाजिक रूपान्तरणका लागि योगदान पुर्याउने लक्ष्य लिएको उनले उल्लेख गरे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको