Like us!
Follow us!
Connect us!
Watch us!

अझै रोकिएन बैंकिङ प्रणालीबाट तरलता खिच्ने क्रम,आज फेरि २० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

अर्थ संसार

आइतबार, १० चैत्र २०८१, १३ : ५९ मा प्रकाशित

अझै रोकिएन बैंकिङ प्रणालीबाट तरलता खिच्ने क्रम,आज फेरि २० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ।

केन्द्रीय बैंकले आज चैत १० गते फेरि बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो।

यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।  यसअघि बुधबार मात्र २५ अर्ब रुपैयाँ संकलन भइसकेको थियो।

निक्षेप संकलन प्रतिस्पर्धात्मक ब्याजदरका आधारमा हुनेछ। यसमा बहु ब्याजदरमा बहुबोलकबोलको सुविधा पनि दिइएको छ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन्। यो २१ दिने निक्षेप संकलन उपकरणको चैत ३१ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको