के अमेरिका ट्रम्पको शासनकालमा तालिबानसँगको सम्बन्ध सुधारमा संलग्न छ ? यो प्रश्न सोधिएको छ किनभने एकातिर अफगान तालिबानले गत हप्ता २ वर्षदेखि जेलमा रहेका अमेरिकी नागरिकलाई रिहा गरेको थियो।
यसपछि अमेरिकाले तालिबानका तीन प्रमुख नेता सिराजुद्दीन हक्कानी, अब्दुल अजिज हक्कानी र यामा हक्कानीमाथि रहेको करोडौं डलर इनामसहित ‘वान्टेड’ सुची हटाएको छ । अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले यो जानकारी दिएको हो ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जालमा पोस्ट लेख्दै गलत तरिकाले पक्राउ गरी अफगानिस्तानमा साढे २ वर्षसम्म राखिएका जर्ज ग्लेजम्यान रिहा भएको बताएका छन् ।
ग्लेजम्यानलाई तालिवानले साढे २ वर्षअघि गिरफ्तार गरेको थियो। ट्रम्पका विशेष बन्धक दूत एडम बोहेलर, तालिवान अधिकारी र कतारको मध्यस्थतामा उनीहरूलाई रिहा गरिएको न्यूयोर्क पोस्टले जनाएको छ।
परराष्ट्र मन्त्रालयका अधिकारी जाकिर जलालीका अनुसार तालिबानले अमेरिकी बन्दी जर्ज ग्लेजम्यानलाई रिहा गर्नु र बाउन्टी हटाउनुले दुवै पक्ष युद्धकालको प्रभावबाट अगाडि बढिरहेको देखाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस