Like us!
Follow us!
Connect us!
Watch us!

आफुभन्दा ३१ बर्ष कान्छि हिरोइनका बारेमा सलमानले खोले मुख

अर्थ संसार

सोमबार, ११ चैत्र २०८१, १८ : ४४ मा प्रकाशित

आफुभन्दा ३१ बर्ष कान्छि हिरोइनका बारेमा सलमानले खोले मुख

यतिबेला सलमान खान आफ्नो आगामी फिल्म ‘सिकन्दर’ लाई लिएर चर्चामा रहेका छन् । मार्च २३ मा रिलिज भएको यस फिल्मको ट्रेलरलाई मानिसहरुले निकै रुचाएका छन् । ट्रेलर सार्वजनिक भएसँगै यो फिल्मका लागि फ्यानहरु उत्साहित भएका छन् ।

यो फिल्ममा सलमानको अपोजिटमा रश्मिका मन्डन्ना देखिदैँ छिन् । अब सलमानले रश्मिका मन्डन्नासँग आफ्नो उमेरको अन्तरको कुरा गरेका छन् ।

सलमान खान ५९ वर्ष र रश्मिका २८ वर्षकी भइन् । दुवैको उमेरमा ३१ वर्षको अन्तर छ । कतिपयले यो उमेरको अन्तरलाई लिएर सामाजिक सञ्जालमा नकारात्मक कुरा लेखिरहेका छन् । अब सलमानले ती मानिसहरूलाई जवाफ दिएका छन्। ट्रेलर सार्वजनिक कार्यक्रममा सलमानले यस विषयमा कुरा गरेका थिए ।

सलमान खानले भने, ‘उनीहरु भन्छन् म र हिरोइनमा ३१ वर्षको फरक छ। अरे, जब हिरोइनलाई कुनै समस्या छैन। हिरोइनको बुवालाई कुनै समस्या छैन। तिमीलाई किन समस्या छ भाई ? यदि उनीहरुले बिहे गरेर बच्चा जन्माए भने हामी उनीहरुसँग पनि काम गर्नेछौं, म आमाको अनुमति पक्कै लिनेछु।’ त्यस क्रममा रश्मिका मन्डन्ना पनि स्टेजमा थिइन् र सलमानको कुरा सुनेर मुस्कुराइ रहेकी थिइन् ।

यस फिल्ममा सलमान खान र रश्मिका मन्डन्नाका साथै  काजल अग्रवाल, सत्यराज र शरमन जोशी पनि देखिने छन् । एआर मुरुगादासको निर्देशनमा बनेको यो फिल्म इदको अवसरमा मार्च ३० मा हलमा रिलिज हुँदैछ ।

सलमानका साथी र नाडियाडवाला ग्रान्डसन इन्टरटेनमेन्ट कम्पनीका मालिक साजिद नाडियाडवालाले यो फिल्म निर्माण गरेका हुन् । ट्रेलर सार्वजनिक कार्यक्रममा साजिद र मुरुगादास पनि उपस्थित थिए। 

सलमान खानका सबै फ्यानहरु उनको फिल्मको प्रतिक्षामा छन् । किनभने उनी लामो समयपछि फिल्म लिएर आउँदैछन् । यसअघि उनी अन्तिम पटक नोभेम्बर २०२३ मा रिलिज भएको फिल्म ‘टाइगर ३’ मा देखिएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको