नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि आक्रमण भएको छ । केन्द्रमा डिजिटल सूचना बोर्ड ह्याक गर्ने घटनापछि कार्यालयमा तोडफोड तथा आक्रमण भएको हो ।
हिजो चैत ११ दिउँसो १२ बजे कार्यालयको सूचना बोर्ड ह्याक गरी देशको सम्माननीय प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक शब्दहरू अपलोड गरिएका थिए।
प्राधिकरणले उक्त कार्यलाई गम्भीर साइबर अपराधको रूपमा लिँदै घटनाको छानबिन र संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीको माग गरेको थियो।
तर, आज (चैत १२) बिहान करिब १० बजे ३५-४० जनाको समूह कार्यालयमा प्रवेश गरी कार्यालय प्रमुखको कार्यकक्षमा तोडफोड गरेको र कार्यालय प्रमुखमाथि आक्रमण समेत गरेको छ। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले यो घटनालाई गम्भीर मान्दै सार्वजनिक सेवा प्रवाह गर्ने कर्मचारीहरूको सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस