Like us!
Follow us!
Connect us!
Watch us!

फरवार्ड माइक्रोफाइनान्सले ६५ प्रतिशत लाभांश दिने

शुक्रबार, २८ पुस २०७४, १४ : ३४ मा प्रकाशित

फरवार्ड माइक्रोफाइनान्सले ६५ प्रतिशत लाभांश  दिने

अर्थ संसार, काठमाडौं– फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई ६५ प्रतिशत  लाभांश दिने भएको छ ।

विहीबार बसेको संचालक समितिको बैठकले चालु आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट उक्त लाभांश दिने निर्णय गरेको हो ।

माइक्रोफाइनान्सले ५० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १५ प्रतिशत नगद लाभांसगरी कुल ६५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको विज्ञप्तीमा उल्लेख छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ६ करोड ७८ लाखरुपैयाँ खुद नाफा कमाएको  यस कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको कम्पनीको बोनसपछि पुँजी ३० करोड रुपैयाँ पुग्नेछ ।

गत वर्षमात्र साधारण सेयर निष्काशन गरेको यस कम्पनीको दोस्रो बजारमा कम्पनीको प्रतिकित्ता सेयरमूल्य ३ हजार ५ सय रुपैयाँको हाराहारीमा रहेको छ ।

यो पनि पढ्नुहोस्

एक अर्ब लगानीमा पूरा हुँदै कलंकी–कोटेश्वर सडकखण्ड [फोटोफिचर] 

इलामबासीलाई लगानीको अवसर, अप्पर माईले दिदैछ ११ लाख कित्ता आइपिओ 

कहिले बन्छ राखीपोखरी ? माछा खेल्ने ठाउँमा कुखुर र चारचुंगीको खेल मैदान [फोटोफिचर ]

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको