नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।
आज बुधबार चैत १३ गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ ।
यसको बोलकबोल दिउँसो ३ बजेसम्म हुनेछ भने साँवा तथा ब्याज भुक्तानी मिति आगामी वैशाख ३ गते तोकिएको छ। यसमा 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन सक्नेछन्।
राष्ट्र बैंकका अनुसार घटीमा १० करोड र बढीमा ५ करोडले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिनेछ। यसको ब्याजदर निर्धारण बोलकबोलबाटै हुने बैंकले जानकारी दिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस