Like us!
Follow us!
Connect us!
Watch us!

यस्ता छन् डिजिटल वित्तीय कारोबारका लागि तीन तहको सुरक्षा

अर्थ संसार

मंगलबार, १९ चैत्र २०८१, १३ : ३६ मा प्रकाशित

यस्ता छन् डिजिटल वित्तीय कारोबारका लागि तीन तहको सुरक्षा

नेपाल राष्ट्र बैंकले वित्तीय कारोबारमा प्रविधि दुरुपयोग हुँदा जोखिम बढेको भन्दै तीन तहको सुरक्षा आवश्यक रहेको जनाएको छ ।

राष्ट्र बैंकले आधुनिक डिजिटल प्रविधिले वित्तीय सेवा सहज बनाए पनि प्रविधि दुरुपयोग हुँदा जोखिम बढेको भन्दै सुरक्षा आवश्यक रहेको उल्लेख गरेको हो ।

प्रविधिको दुरुपयोगबाट बच्न केन्द्रीय बैंकले तीन तहको उच्च सुरक्षा आवश्यक रहेको जनाएको छ ।

 राष्ट्र बैंकले उल्लेख गरेका तीन तहका सुरक्षा तह :

तपाईंलाई मात्र थाहा हुने - यो तहले व्यक्ति आफूलाई मात्र थाहा हुने जानकारीलाई जनाउँछ । यसमा पासवर्ड, पिन नम्बर वा गोप्य प्रश्नको उत्तर समावेश हुन्छ । यस तहको सुरक्षा मुख्य रूपमा मानिसको ज्ञान र सम्झनामा भर पर्छ ।

तपाईंसँग मात्र हुने - यो तहमा त्यस्ता वस्तु पर्दछन्, जसको पहुँच व्यक्ति आफूसँग मात्र हुन्छ । जस्तै, मोबाइल फोन, बैंक कार्ड वा सुरक्षा टोकन । यी वस्तुले व्यक्तिको पहिचान प्रमाणित गर्न मद्दत गर्दछन् र वित्तीय कारोबारलाई सुरक्षा प्रदान गर्दछन् ।

तपाईंको आफ्नै- यसमा व्यक्तिको व्यक्तिगत बायोमेट्रिक विवरणहरू जस्तै औंठाछाप, अनुहार वा आँखाको स्क्यानिङ आदि पर्दछन् ।

राष्ट्र बैंकले वित्तीय कारोबारका लागि प्रमाणीकरण विधि प्रयोग गर्न र व्यक्तिगत विवरण गोप्य राख्न आग्रह समेत गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको