Like us!
Follow us!
Connect us!
Watch us!

ओभरसिज नेपालिजको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, २४ चैत्र २०८१, ११ : ४२ मा प्रकाशित

ओभरसिज नेपालिजको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

ओभरसिज नेपालिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले कम्पनीले १० लाख ६ हजार ९१९ कित्ता सेयर बिक्रीमा राखेको छ।

कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरूले मात्र किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो।

सेयरको बिक्री मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। सो सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन भित्र निवेदन पेस गर्नु पर्नेछ।  

साथै तोकिएको म्याद भित्र संस्थापक सेयरधनीबाट उक्त सेयर खरीदका पूर्ण आवेदन प्राप्त नभएमा बाँकी बसेको सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको