Like us!
Follow us!
Connect us!
Watch us!

जनमतलाई सम्मान गर्छौं, पार्टी एकता हुन्छ – अध्यक्ष दाहाल

सोमबार, ०१ माघ २०७४, १७ : ४१ मा प्रकाशित

जनमतलाई सम्मान गर्छौं, पार्टी एकता हुन्छ – अध्यक्ष दाहाल

अर्थ संसार, काठमाडौँ– नेकपा (माओवादी केन्द्र)  का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले विगतमा विकासका निम्ति राजनीति होइन, राजनीतिका निम्ति विकास हुन गएका कारण मुलुकले समृद्धि हासिल गर्न नसकेको बताउनुभएको छ ।

चौथो तारेभिर महोत्सवको आज गोकर्णेश्वर नगरपालिकाको तारेभिरमा उद्घाटन गर्दै उहाँले भन्नुभयो – “विकासका लागि राजनीति गर्ने अवसर आएको र नेपाली जनताले सोही प्रयोजनका लागि वाम गठबन्धनलाई दुई तिहाइको हाराहारीमा जनमत दिएको छ ।”

अध्यक्ष दाहालले शक्तिशाली कम्युनिस्ट केन्द्र बनाउने र मुलुकलाई आर्थिकरुपमा सबल, सक्षम बनाउने लक्ष्यका साथ नेकपा९एमाले० र माओवादी केन्द्र संयुक्तरुपमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गएका कारण जनताले विश्वास गरेको स्पष्ट पार्नुभयो ।

“पार्टी एकताको प्रक्रिया अगाडि बढिसकेकाले अब पछाडि फर्कने कुनै पनि बाटो रहेको छैन्” उहाँले भन्नुभयो, “नेपाली जनताले पार्टी एकतालाई मतद्वारा अनुमोदन गरिसेकका छन् ।”

अध्यक्ष दाहालले “नेपाली जनताले राजनीतिक स्थिरताको पक्षमा मतदान गरेका छन्, नेपाली जनताको मतलाई हामी सम्मान गरेर राजनीतिक स्थिरतासहितको आर्थिक समृद्धि दिन तत्पर छौँ,” भन्दै नेपालको राजनीतिक इतिहासमा ७० वर्षपछि पाँच वर्ष टिक्ने स्थायी सरकार बन्ने र विकास पूर्वाधारका क्षेत्रमा नयाँ युगको सुरुआत हुने धारणा व्यक्त गर्नुभयो ।

केन्द्रीय सरकारबाट तारेभिर क्षेत्रको पर्यटकीय विकास र विस्तारका लागि बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो –“ स्थानीय, प्रादेशिक र केन्द्रीय सरकार निर्माणको प्रक्रियामा आफूहरु रहेको र केही कानूनको अभावमा स्थानीय सरकार प्रभावकारी बन्न नसकेकाले छिट्टै प्रादेशिक सरकार बनाएर यसलाई सम्बोधन गरिने छ ।”

घरघरमा नेपालको झण्डा

तारेभिर क्षेत्रमा नेपालको राष्ट्रिय झण्डा राख्ने अभियान शुरु भएकामा अध्यक्ष दाहालले खुशी व्यक्त गर्नुभयो ।

“राष्ट्रिय झण्डालाई सम्मान गरेर राष्ट्रिय एकता र राष्ट्रियताको जर्गेनामा तारेभिरवासी लाग्नुभएकोमा म उत्साहित भएको छु, यसलाई अझ विस्तार गरेर लैजान म सबैलाई आग्रह गर्दछु”– उहाँले भन्नुभयो ।

तारेभिरमा झण्डा उद्यानका रुपमा विकास गर्ने अभियान शुरु गरिएको प्रदेशसभा सदस्य तथा नेकपा९एमाले०का नेता रामेश्वर फुँयालले जानकारी दिनुभयो ।

काठमाडौँमा नै भएर पनि बत्ती मुनिको अध्यारोका रुपमा रहेको तारेभिर विकास र समृद्धिको मार्गमा अगाडि बढेको तथा सम्भावनाका आधार तयार भएको बताउँदै उहाँले आगामी दिनमा काठमाडौँको ग्रामीण क्षेत्र विकास, निर्माण तथा समृद्धिको मार्ग अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा९माओवादी केन्द्र०का नेता कृष्ण केसीले पर्यटकीय नगरीका रुपमा रहेको तारेभिरको विकासका लागि प्रमुख राजनीतिक दलको साथ र सहयोग जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

महोत्सव मंगलबारसम्म चल्नेछ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको