Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा ९७ करोड लगानी गर्ने

अर्थ संसार

आइतबार, ३१ चैत्र २०८१, १२ : ५२ मा प्रकाशित

राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा ९७ करोड लगानी गर्ने

नेपाल राष्ट्र बैंकले ९७ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै उपदान र पेन्सन कोषमा रहेको ९७ करोड बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो।

केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम मुद्दती निक्षेपमा लगानी गर्ने जनाएकाे छ।

यस्तै, वाणिज्य बैंकमा ७७ करोड ६० लाख, विकास बैंकमा १४ करोड ५५ लाख र वित्त कम्पनीमा ४ करोड ८५ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने केन्द्रीय बैंकले जनाएकाे छ।राष्ट्र बैंकका अनुसार ७ वैशाख २०८२ देखि ७ वैशाख २०८३ सम्म ३ सय ६६ दिनको मुद्दती निक्षेपमा उक्त रकम लगानी गर्न लागिएको हो । आगामी ३ वैशाख साँझ ७ भित्र आवेदन दिनुपर्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको