Like us!
Follow us!
Connect us!
Watch us!

ऐतिहासिक उचाइमा सुनको भाउ, चाँदी पनि महँगियो

अर्थ संसार

बुधबार, ०३ बैशाख २०८२, ११ : ३७ मा प्रकाशित

ऐतिहासिक उचाइमा सुनको भाउ, चाँदी पनि महँगियो

नेपाली सुन बजारले आज नयाँ रेकर्ड कायम गरेको छ। छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८७ हजार रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च दर हो।

मंगलबार प्रतितोला १ लाख ८४ हजार ३ सय रुपैयाँ मा कारोबार भएको सुनको मूल्य आज २७ सय रुपैयाँले वृद्धि भएको हो। यो वृद्धि स्वर्ण बजारमा देखिएको हालको अन्तर्राष्ट्रिय उथलपुथल, माग वृद्धि र मुद्रा अवमूल्यनसँग जोडिएको हुनसक्ने अनुमान गरिएको छ।

आज छापावाल सुनको १० ग्रामको दर पनि समायोजन हुँदै १ लाख ६० हजार ३ सय २० रुपैयाँ पुगेको छ।

सुनसँगै चाँदीको भाउमा पनि बृद्धि देखिएको छ। चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँ मा पुगेको छ। त्यस्तै, १० ग्राम चाँदीको भाउ हाल १ हजार ६ सय ७६ रुपैयाँ तोकिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको