Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकले ल्यायो ‘टपअप र फोनपे डाईरेक्ट गरौं, बम्पर उपहार जितौं !’ योजना

अर्थ संसार

बुधबार, ०३ बैशाख २०८२, १४ : २६ मा प्रकाशित

कुमारी बैंकले ल्यायो ‘टपअप र फोनपे डाईरेक्ट गरौं, बम्पर उपहार जितौं !’ योजना

कुमारी बैंकले नयाँ योजना टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ !” सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनु हुनेछ, जसमा बम्पर उपहार आइफोन १६ रहेको छ भने हरेक हप्ता १०० जनालाई रु.१०० को मोबाइल रिचार्ज उपहार समेत रहेको छ । 

योजनामा सहभागी हुन कम्तीमा सय रूपैयाँको मोबाइल टपअप र पाँच सयको फोनपे डाईरेक्ट कारोबार अफर अवधि छँदै पूरा गर्नु पर्नेछ। त्यसपछि ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि स्वतः योग्य हुनेछन्।

योजना अवधि वैशाख १ देखि ३१ गतेसम्म रहने र अवधि सकिएपछि एकजना भाग्यशालीले बम्पर उपहारमा आईफोन १६ जित्ने बैंकले जानकारी दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको