कुमारी बैंकको नाफामा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले ४ अर्ब १७ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जबकि गत आर्थिक वर्षको चैत मसान्तसम्म यसको खुद नाफा मात्र २८ करोड ५८ लाख रुपैयाँ थियो।
बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ। गत वर्ष चैतसम्म ७ अर्ब ८९ करोड ६५ लाख रहेको यस्तो आम्दानी यो वर्ष बढेर ९ अर्ब ३० करोड २२ लाख पुगेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी १० अर्ब ४९ करोड ५९ लाखबाट बढेर १२ अर्ब ८१ करोड ३० लाख पुगेको छ। नाफा वृद्धिसँगै बैंकको सञ्चालन मुनाफा पनि बढेर ६ अर्ब ५० करोड ४९ लाख रुपैयाँ पुगेको छ। यद्यपि, चैत मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ ऋणात्मक देखिएको छ।
यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी २१.२४ पुगेको छ भने खराब कर्जा सामान्य घटेर ६.९४ प्रतिशतमा झरेको छ। हाल बैंकको चुक्तापुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १७ अर्ब ३३ करोड ८४ लाख रुपैयाँ सञ्चित छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस