Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, ०५ माघ २०८२, १० : २६ मा प्रकाशित

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक समूहको १४ लाख ६२ हजार ९३५ कित्ता सेयर बिक्रीका लागि राखिएको छ। हालका लागि यो सेयर खरिद गर्न बैंकका विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्रै अनुमति दिइएको छ।

सेयर खरिदका लागि काठमाडौंको नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालय तथा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन पेस गर्न सकिनेछ। इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। तोकिएको अवधिभित्र विद्यमान संस्थापकहरूबाट कुनै पनि निवेदन प्राप्त नभएमा, उक्त सेयर अन्य व्यक्ति तथा संस्थाहरूका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको