Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकद्धारा ईलाममा वृक्षारोपण कार्यक्रम

अर्थ संसार

शुक्रबार, २२ जेठ २०८३, १३ : ०३ मा प्रकाशित

कुमारी बैंकद्धारा ईलाममा वृक्षारोपण कार्यक्रम

विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक लिमिटेडले इलाम जिल्लामा ३०० वटा बिरुवा रोपेको छ। बैंकको फिक्कल शाखामार्फत इलाम नगरपालिका तथा लुम्बिनी विश्व शान्ति मञ्चसँगको सहकार्यमा इलाम नगरपालिकाको स्वामित्वमा रहेको चियाबगान क्षेत्रभित्र वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रमअन्तर्गत रोपिएका बिरुवाले भविष्यमा प्राकृतिक सन्तुलन संरक्षण, हरियाली प्रवर्द्धन तथा वातावरणीय सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, जैविक विविधताको संरक्षण र जलवायु परिवर्तनप्रति उत्तरदायित्वपूर्ण कदमका रूपमा समेत यस कार्यक्रमलाई हेरिएको छ।

वृक्षरोपण अभियानले इलामजस्तो पर्यटकीय क्षेत्रको सौन्दर्य तथा आकर्षण थप वृद्धि गरी दिगो पर्यटन विकासमा समेत सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर फैलिएका २८६ शाखा सञ्जाल तथा ४१ एक्सटेन्सन काउन्टरमार्फत ‘समुदायका लागि कुमारी बैंक’ अवधारणाअन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

बैंकले विपन्न तथा आवश्यकतामुखी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, सामुदायिक तथा सरकारी विद्यालयको पूर्वाधार विकासमा सहयोग, स्वच्छ वातावरण प्रवर्द्धनका लागि सरसफाइ सामग्री वितरण, अनाथालयलाई सहयोग तथा वित्तीय एवं डिजिटल साक्षरता अभिवृद्धिसम्बन्धी कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ। कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको