अर्थ संसार, काठमाडौँ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकामा कार्यरत इन्जिनियर सुशील चापागाईंलाई रु दश हजार घुससहित कार्यकक्षबाटै पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयकाअनुसार भवन निर्माण सम्पन्नताको प्रमाणपत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको टोलीले उहाँलाई पक्राउ गरेको हो । पक्राउ परेका इन्जिनियर चापागार्इंमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
यस्तै आयोगले आजै यातायात व्यवस्था कार्यालय सुकेधारामा कार्यरत नासु यादव पौडेल, खरिदार सुमन पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विदेशी सवारी चालक अनुमतिपत्रको नेपालीकरण गर्ने प्रयोजनाका लागि सेवाग्रीसँग घुस माग्दा माग्दै उनीहरु केही दिन पहिले घुस रकम रु ३० हजारसहित पक्राउ परेका थिए । उनीहरुको साथमा लेखापढी व्यावसायी अशोक कार्कीसमेत पक्राउ परेका थिए । उनीहरुलाई हदैसम्मकोे कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस