नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारमाथि गम्भीर आरोप लगाएका छन्।
शुक्रवार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले सरकार र बिचौलियाहरूबीच गहिरो साँठगाँठ रहेको दाबी गरे। उनका अनुसार, बिचौलियाहरूको प्रभावका कारण महत्त्वपूर्ण पदहरूको नियुक्तिमा समेत ढिलाइ भइरहेको छ। गभर्नर नियुक्ति प्रक्रिया उदाहरण भएको उनको तर्क थियो।
"सरकारले योग्य र सक्षम व्यक्तिलाई अवसर दिनुको सट्टा बिचौलियालाई प्राथमिकता दिने प्रवृत्ति बढ्दै गएको छ," प्रचण्डले बताए। उनले बिचौलियाको इशारामै दक्ष कर्मचारीलाई दबाब दिइएको आरोप पनि लगाए।
प्रधानमन्त्री ओली नेतृत्वको सरकार असंवैधानिक ढंगले गठन भएको उल्लेख गर्दै उनले यो सरकार दुई तिहाइको जनमतको नभई षड्यन्त्र र अपारदर्शी प्रक्रियाको उपज भएको बताए। “कांग्रेस र एमालेका एक–दुई जना नेताबाहेक अरूलाई जानकारी नै नदिई, बिचौलिया र भ्रष्टाचारमा लिप्त व्यक्तिलाई जोगाउन यो सरकार बनाइएको हो,” प्रचण्डले दाबी गरे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस